कोशीका मुख्यमन्त्री थापा पदमुक्त : एमालेका कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश
- भाद्र २१, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। निवेदक हिक्मत कार्कीको माग बमोजिम रिट जारी गर्दै थापालाई पदमुक्त गरेको हो।न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।कोशीका मुख्यमन्त्री थापाले सभाध्यक्ष भूमिका निर्वाह गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसहितको मतबाट बहुमत पु¥याएपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
जसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाइएको थियो।गत भदौ ४ गते थापाले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिँदा संविधानको उल्लंघन भएको भन्दै एमाले दोस्रोपटक सर्वोच्च पुगेको हो। यता, मुख्यमन्त्री थापा पक्षले भने उपसभामुख सिर्जना दनुवार बैठक बोलाएर काठमाडौं गएर आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाएको छ। एमालेले आफ्नो ज्येष्ठ सांसदहरूलाई समेत बैठकमा अनुपस्थित गराएको थियो।
यदी उपसभामुख अथवा एमालेका ज्येष्ठ सांसदले सभाध्यक्षता गरेको भए थापाले निर्विवाद आवश्यक बहुमत पाउने थिए। अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टा भित्र नियुक्त गर्न आदेश दिएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments