•  १६ कार्तिक २०८१, शुक्रबार
  •  10:07:18 PM

२५ हजार घुस रकम सहित विद्युत प्राधिकरण इनरूवाका कर्मचारी अख्तियारकाे नियन्त्रणमा

- भाद्र २०, २०८० मा प्रकाशित



इटहरी । सुनसरीकाे इनरुवास्थित नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ।

प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले रु २५ हजारसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला दाहालले जानकारी दिए।प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुसररिसवत लिएको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए।

मेहतालाई इनरुवा नगरपालिका–३ मा रहेको एक होलमा घुस रकम लिइरहेको अवस्थामा २५ हजारसहित रङ्गेहात पक्राउ गरिएको प्रवक्ता दाहालले जनकारी दिए।

Comments

सम्बन्धित खवर