६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ, समातिनेको संख्या २७ पुग्यो
- भाद्र १८, २०८० मा प्रकाशित
काठमाडौँ । हङकङबाट नेपालमा गरिएको ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ । ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सुरुमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई साउन २१ गते बुझाएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्म भण्डारीलाई भारत पठाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments