सुनसरीमा तिनै जना प्रहरी प्रमुखहरू फेरीए , जिल्लामा रेग्मी , ट्राफिकमा पाैडेल र दंगामा चिमरिया
- भाद्र १६, २०८० मा प्रकाशित
इटहरी । नेपाल प्रहरीको प्रधान कार्यालय महाराजगन्जले सुनसरीका तिन जना प्रहरी प्रमुख सहित एकै पटक ४८ जना एसपीहरूको सरुवा गरेको छ । जसमा जिल्ला प्रहरी कार्यालय सुनसरी , कोसी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र दुहबी स्थित नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख रहेका छन् ।
प्रहरी प्रधान कार्यालय काठमाडाैले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगन्ज पठाएको छ भने ढकालको स्थानमा बिपिन रेग्मी आउने भएका छन् । ढकालले सुनसरीमा रहँदा लागु औषध दुर्व्यसन विरुद्धको अप्रेसन , सीमा क्षेत्रमा कडाइ , फरार अभियुक्तहरूको खोजी गरी पक्राउ अभियान , लगायत अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै कोसी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी प्रमुख श्याम कुमार महतोलाई मधेस प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्धक महाशाखा जनकपुर खटाएको छ भने महतोको ठाउँमा एसपी सराेज पाैडेल इटहरी आउने भएका छन् । एसपी महतो इटहरीमा रहँदा उनले कोसी प्रदेशमा ट्राफिक जनचेतनाका कार्यक्रमहरू देखी , राजमार्ग सुधारका कार्यक्रमहरू गरेका थिए ।
इटहरीमा ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी हदै मात्रामा परिवर्तन ल्याउन सफल भएका छन् । त्यस्तै नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीका प्रहरी प्रमुख एसपी विनोद कुमार शर्मालाई गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तरगत मानवश्राेत व्यवस्थापन महाशाखा पोखरा पठाएको छ भने उनको स्थानमा एसपी नारायण प्रसाद चिमरीयालाइ खटाउने भएको छ । शर्मा लामो समय देखि दङ्गा नियन्त्रणमा अब्बल देखिएका कुशल नेतृत्वकर्ता रहेका छन् । यो सँगै एसपी शर्मा अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्नमा पनि त्यतिकै अब्बल ानिएका छन ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments