कर्मचारी सरुवा प्रति इटहरीका जनप्रतिनिधिहरू असन्तुष्ट , प्रशासकीय अधिकृतलाई बुझाए ज्ञापन पत्र
- भाद्र ३, २०८० मा प्रकाशित
इटहरी । इटहरी उपमहानगरमा पछिल्लो समय कर्मचारी सरुवाको विषयलाई लिएर कार्यपालिका सदस्यहरू असन्तुष्ट देखिएका छन् । आव ८०।८१ लागे लगत्तै उपमहानगरले विभिन्न वडा कार्यालय तथा स्वास्थ्य कार्यालयहरूमा कर्मचारीहरूको व्यापक हेरफेर गरेको थियो ।
सोही विषयलाई लिएर निर्वाचित जनप्रतिनिधिहरूले असन्तुष्ट व्यक्त गरेका छन् । उपमहानगरकी उपमेयर सङ्गीता चौधरी सहित २४ जना कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
उनीहरूले अनाहक रूपमा कर्मचारी सरुवा गर्दा वडा कार्यालयहरूमा झन्झट भएको टिप्पणी गरेका छन् । उपमहानगरले गरेको कर्मचारी सरुवा मापदण्ड विपरीत रहेको र पूर्वाग्रह राखेर सरुवा गरिएको कार्यपालिका सदस्यहरूले आरोप लगाएका छन् ।
उपमहानगरले हुँदै नभएको शाखा महाशाखा खडा गरेको र भएका महाशाखाहरू हटाएर मनपरी ढङ्गले कर्मचारी सरुवा गरेको कार्यपालिका सदस्यहरूले आरोप लगाएका छन् । उनीहरूले सरुवा भएका कर्मचारी तत्काल फिर्ता बोलाइनुपर्ने अन्यथा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments