कारागार बसेकाे ७ महिनापछि तरहराका लालबहादुरले पाए न्याय , घर परिवारमा खुशियाली
- श्रावण १७, २०८० मा प्रकाशित
- तेज बन
इटहरी । अवैध वित्तीय काराेवार गरेको अभियोग सहित विगत सात महिनादेखि कारागारमा कैद जीवन बिताइरहेका तरहराका लालबहादुर बिक अन्ततः ७ महिना पछि हिरासत मुक्त बनेका छन् । जिल्ला अदालत सुनसरीको फैसलालाई उल्टाउँदै उच्च अदालत विराटनगरले उनलाई न्याय दिएको हो ।
फैसला उल्टाएसङै तरहराका लालबहादुर अब हिरासत मुक्त हुने भएका छन् । तरहराको सिंहदेवी ज्वेलर्शमा सामान्य कालिगडको रूपमा कार्यरत लालबहादुर निर्दोष रहेको उजुरीकर्ताहरूले बयान दिए पनि जिल्ला अदालत सुनसरीले दोषी करार गर्दै पक्राउ पुर्जी थमाएको थियो । लालबहादुरको पक्षमा सडक आन्दोलन देखि विभिन्न सङ्घर्षका कार्यक्रमहरू हुन थालेपछि कारागार बसेको ७ महिनापछि उनले न्याय पाएका हुन । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले सुनसरी अदालतको फैसला उल्टाउँदै लालबहादुरलाई निर्दोष ठहर गरेको हो ।
कारागार जीवन बिताएको ७ महिनापछि लालबहादुरलाई रिहा गर्न अदालतले आदेश दिए लगत्तै उनको परिवारमा यति बेला खुसी छाएको छ । लालबहादुर निर्दोष रहेको भन्दै उजुरीकर्ताहरूले अदालत सम्म पुगेर बयान दिएका थिए । सोही बयान र भेटिएका तथ्य , प्रमाणको आधारमा उच्च अदालत विराटनगरले तरहराका लालबहादुरलाई न्याय दिलाएको हो ।
घटना के थियो ?
इटहरी १९ ब्रह्मपुर निवासी लालबहादुर तरहरा बजारको सिंहदेवी ज्वेलर्शमा काम गर्ने कालिगड थिए । दीपक गज्मेरले सञ्चालन गरेको उक्त ज्वेलर्शमा सहकारीले जस्तै पास बुक बनाएर रकम असुली गर्नथालेपछि घटना अनुसन्धानमा पुगेको थियो । २०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले सिंहदेवी ज्वेलर्सबिरूद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए ।
उजुरीको आधारमा सिआइबीले अनुसन्धान थालेको थियो । अनुसन्धानबाट अपराध पुस्टिभइ असार २१ गते जिल्ला अदालत सुनसरीमा अर्को मुद्दा दर्ता हुन पुगेको थियो । अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा परेपछि निर्दोष ब्यक्ती लालबहादुरको पनि नाम सोही काण्डमा मुछियो ।
उजुरीकर्ताहरूले लालबहादुर निर्दोष रहेको र उनीसँग कुनै कारोबार नगरेको भनी अदालतमै बयान दिए पनि न्यायधिश निर्मला योङ्गयाले कसैको नसुनी एकतर्फी फैसला सुनाइदिँदा निर्दोष लालबहादुर कारागार चलान हुन पुगेका थिए । न्यायधिश योङ्गयाले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गर्दै मुख्य साहु कृष्ण, उनका तीन छोराछोरीसहित लालबहादुरलाई पनि थुनामा राख्ने आदेश दिएको थियो ।
लालबहादुरलाई अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको कसुरमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय तोकियो । बिहान बेलुका छाक टार्न पनि धौ धौ पर्ने लालबहादुरलाई अदालतको न्यायधिशले गरेको एकल फैसलाले सिङ्गो परिवार पिडामा परेको थियो ।
घटनामा आफू संलग्न नरहेको र निर्दोष रहेको दाबी सहित लालबहादुरले जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध २०७८ मङ्सिर २० गते उच्च अदालत बिराटनगरमा पुनरावेदन गराएका थिए । उच्च अदालतले पनि उनको मुद्धामा पटक पटक पेशी सर्ने , हेर्न नभ्याइनेमा पुर्याइएकाे थियो । लालबहादुरको पक्षमा सडक सङ्घर्ष र विभिन्न सञ्चारमाध्यमहरूमा दबाबमूलक शिर्षषकका समाचारहरू प्रकाशन हुन थालेपछि अदालतले ध्यानाकर्षण गराउँदै उनलाई कारागार बसेको ७ महिना पछि न्याय दिलाएको हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
Comments