सर्वसाधरणकाे २४ करोड रकम ठगी गरेर फरार झापाका सुन व्यापारी बिक पक्राउ
- श्रावण ५, २०८० मा प्रकाशित
झापा । सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् ।झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए ।
विश्वकर्मामाथि स्थानीय सर्वसाधारण साढे २४ करोडभन्दा बढी ठगी गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले पूर्वीनाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।
पक्राउ परेका विश्वकर्मामाथि गौरादहका चार सय ६६ जनाको रु २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएको आरोप लागेको थियो । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितले ठगी मुद्दा दर्ता गरेका थिए ।
उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर बेपत्ता बनेका थिए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments