आजकाे माैसम : देशभर मध्यम वर्षा , काेशी प्रदेशमा राती पानी पर्ने सम्भावना
- श्रावण ५, २०८० मा प्रकाशित
इटहरी । नेपालमा अहिले मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा अति भारी वर्षा भएको छ ।
जसका कारण बबई नदीको सतह एक्कासी बढेको छ । तर, सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आसपासको स–साना खोलामा एक्कासी बाढी आउनुका साथै चेपाङ बस्ती आसपासको राजमार्गमा पहिरोको जोखिमरहेकाले बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments