•  १६ कार्तिक २०८१, शुक्रबार
  •  6:21:19 PM

ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ

- श्रावण ३, २०८० मा प्रकाशित



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय अपुग भएपछि आज पनि सुनुवाइ हुने भएको हो ।

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो । सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

Comments

सम्बन्धित खवर