•  १६ कार्तिक २०८१, शुक्रबार
  •  4:08:04 PM

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते : रूखमा अड्किएका कारण जोगियो ४० जनाको ज्यान

- असार २९, २०८० मा प्रकाशित



चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडी दासढुंगानजिक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आज (शुक्रबार) बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको हो।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटरजति तल खसेको हो। सडकबाट खसेको बस रूखमा अड्केको थियो। बसमा ४० जना यात्रु थिए।

दुर्घटनामा भारत सिलगुडी बस्ने बर्ष ६० की कमला सुब्बा, भारत सिलगुडी बस्ने बर्ष ४४ की लक्की सुब्बा, मोरङ हरैचा नगरपालिका–३ बस्ने बर्ष २३ को सुसान्त सुब्बा, हरैचा ८ बस्ने बर्ष ३४ की सुनिता लामीछाने, सुनसरी बस्ने बर्ष ४० की संगिता मगर रहेका छन्। यस्तै, झापा मेची नगरपालिका–११ बस्ने बर्ष ३२ की सुमिमा राई, भक्तपुर भक्तपुर–१ बस्ने बर्ष ३० को मिलन तामाङ, ललितपुर गोदावरी नगरपालिका–७ बस्ने बर्ष २७ को सुमन लामा, भोजपुर अरुण गाउँपालिका–१ बस्ने बर्ष २९ को नन्द बहादुर पाण्डे सोहि ठाउँ बस्ने बर्ष १९ को लिला बहादुर पाण्डे रहेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए।

यस्तै, सहचालक सर्लाही लालबन्दी नगरपालिका–१० बस्ने बर्ष ३६ को बिक्रम मगर, धादिङ निकण्ठ ७ बस्ने बर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सुनसरी रक्तमाला–५ बस्ने बर्ष २९ की मनिका राई, मोरङ हरैचा–५ बस्ने बर्ष २५ की कल्पना राई, सोहि ठाउँ बस्ने बर्ष २५ की सपना राई, धनकुटा सहिदभुमी–४ बस्ने बर्ष ३८ की बिश्वलक्ष्मी राई, उनकी छोरी बर्ष ४ की दिब्या राई रहेका छन्।

यस्तै, बस चालक, मकवानपुर हेटौंडा–२ बस्ने बर्ष ३७ को बादल कुमाल र धादिङ रुबीभ्याली गाउँपालिका४ बस्ने बर्ष ३२ को दिपक तामाङ तामाङ रहेका छन्। घाइतेहरुको चितवनकै विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Comments

सम्बन्धित खवर