श्रीमानसँग सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले गरे अस्वीकार, अन्त्यमा रोजिन आत्महत्या
- असार २७, २०८० मा प्रकाशित
नयाँदिल्ली । जुलाई ६ मा पिलीभीतको जेहानाबाद रेलवे क्रसिङ नजिक फेला परेको शव सहरको एक इलाकाकी एक युवतीको थियो । पहिचान हुन नसकेपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो । प्रेमीबाट धोका पाएपछि आत्महत्या गरेको उनकी आमाले जानकारी दिएकी छिन् ।
उनकी आमाका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद गरेर युवती प्रेमीको घर पुगेकी थिइन् तर उसले अस्विकार गरिदियो, जसकाकारण आत्माहत्या गर्न पुगेकी हुन् ।गत ६ जुलाइमा एक युवतीले पूर्णागिरी शताब्दी एक्सप्रेसको अगाडि हाम फालेर आत्महत्या गरेकी थिइन् ।
प्रहरीले शव पहिचानका लागि शव गृहमा राखेको थियो । तीन दिनसम्म पहिचानका लागि कोही नआएपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो । सोमबार युवककी आमा जेहानाबाद प्रहरी चौकी पुगिन् । तस्बिर हेरेर उनले सो शव २० वर्षीया छोरीको भएको पहिचान गरेकी थिइन् ।
मृतककी आमाका अनुसार छोरीको २०२१ मा पाकडिया गाउँमा विवाह भएको थियो । साउन ३ गते उनले श्रीमानसँग सम्बन्ध तोडिन् । श्रीमानसँग सम्बन्धविच्छेद गरे पछि उनी कला मन्दिर निवासी प्रेमीकाको घर पुगिन् । केही दिनपछि प्रेमीले पनि अस्वीकार गरे । युवतीले आफ्नो प्रेमीको ठगी गरेको सहन सकिनन् । उनी बरेली जंक्शन पुगिन्, जहाँ उनले आत्महत्या गर्न ट्रेनको प्रतीक्षा गरिन् ।
बरेलीका एक युवकले उनको असहज खालको कार्य देखेर आत्महत्या गर्नबाट रोकेका थिए । उसलाई आफ्नो घरमा लगे र सम्झाइ बुझाइ गरी ६ जुलाईमा ती युवकले उनलाई पिलिभीत जाने रेलमा बसाएका थिए । त्यसपछि युवती यहाँ आइन् र रेलको अगाडि हाम फालेर आत्महत्या गरिन् । जेहानाबाद प्रहरी चौकी इन्चार्ज प्रवीण कुमारले यस विषयमा कुनै उजुरी नपरेको बताए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments