•  १६ कार्तिक २०८१, शुक्रबार
  •  2:19:29 PM

हेलिकप्टर दुर्घटना अपडेट : ४ जनाकाे शव भेटियाे २ जनाकाे खाेजी हुदै

- असार २६, २०८० मा प्रकाशित



साेलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। अहिले दुर्घटनास्थलमा केही स्थानीहरू पुगेका छन्। घटनास्थल पुगेका स्थानीय जीवन विकले हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको जानकारी दिए। उनले भने,’दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। दुईजनाको शव भेटिएको छैन। खोजि गरिरहेका छौं।’ 

हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। 

हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै म्याक्सिकन नागरिक हुन्। सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।

Comments

सम्बन्धित खवर