सडक व्यापारीलाई लछारपछार गर्ने १२ नगर प्रहरीलाई काठमाडौं महानगरले हटायो
- असार २६, २०८० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारवाही गरेको छ।काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ। ५ जना महानगर प्रहरीलाई निलम्बन गरिएको उनले बताए।
उनले यसअघि ती कर्मचारीलाई विभागीय कारवाही गरेको तर जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको जानकारी दिए।
‘हामीले केही दिन पहिले १२ जना नगर प्रहरीलाई अमानवीय व्यवहार गरेको भन्दै विभागीय कारबाही गरेका थियौ। तर महानगर प्रहरीबाट पटक पटक अमानवीय व्यवहार भएको जनस्तरदेखि नै गुनासो आए पछि हामीले फेरी कारबाही गरेका हौ’ उनले भने।
केही समययता महानगर प्रहरीले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्दै आएका थिए। सामाजिक सञ्जालमा व्यापारीको सामान लुट्ने, घरभित्रैबाट ठेला थुत्ने र सडकमा लछारपछारसमेत गर्ने गरेको भिडिओ सार्वजनिक भएका थिए।कारवाहीपछि सबै नगर प्रहरीलाई महानगरले आचरणसम्बन्धी तालिम पनि दिन सुरु गरेको छ।सबै नगर प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन सुरु गरेको पाण्डेले बताए।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments