पाकिस्तानमा मुसलधारे वर्षाका कारण १७ जनाको मृत्यु, ५० बढी घाइते
- असार २२, २०८० मा प्रकाशित
काठमाडौं । पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् ।
ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ । पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । अस्ती र हिजोको वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ । भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले सडक र अन्डरपास डुबान हुँदा यातायात सेवा समेत प्रभावित भएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments