•  ९ मंसिर २०८१, आईतवार
  •  9:43:27 AM

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै, आजै सानो आकारको मन्त्रिपरिषद

- असार २२, २०८० मा प्रकाशित



इटहरी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् । आज बिहान ९ बजे विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराउने कार्यक्रम छ ।

गठबन्धन दलहरुले आजै (शुक्रबार) सानो आकारको मन्त्रीमण्डल गठनको तयारी पनि गरेका छन् । तर, मन्त्री दाबी गर्नेहरुको संख्या धेरै भएकाले दलहरुलाई व्यवस्थापन गर्न कठिन भइरहेको नेताहरु बताएका छन् । थापा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरूको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री दाबीका लागि बहुमत संख्या नपुगेपछि सभामुख बाबुराम गौतमले पनि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई अबको ३० दिनभित्र प्रदेशसभामा बुहमत सिद्ध गर्नुपर्ने चुनौती छ ।

जसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन उनका लागि जरूरी हुनेछ । यो काम उनका लागि सबैभन्दा सकसपूर्ण हुने सम्भावना छ । गठबन्धन दलहरूसँग प्रदेश सभामा जम्मा ४७ मत छ । यो ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या हो। यद्यपि यो संख्यामा सभामुख बाबुराम गौतमको पनि गणना माओवादी केन्द्रले गरेको छ ।

Comments

सम्बन्धित खवर