हामी सत्ता बाहिर बस्नु पर्छ भनेर डराएका छौं : गगन थापा
- असार १६, २०८० मा प्रकाशित
दोलखा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता बाहिर बस्नु पर्छ भन्ने डरले गर्दा कांग्रेस १० सीटका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर जे पनि गर्दैनौं भन्ने कुरा लिपिबद्ध गर्नुपर्ने बताए ।
महामन्त्री थापाले भने, ‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ । १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ । सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।
महामन्त्री थापाले अब नीति महाधिवेशनबाट कांग्रेसले विधानमै चुनावअघि कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौँ भनेर लेख्नुपर्ने बताए । महामन्त्री थापाले कांग्रेस र कांग्रेसका युवाहरू यति धेरै आत्तिएको अवस्था इतिहासमा कहिल्यै नभएको बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१An Olympics Picture Draws Scorn Do It Really Parody The Last An Evening Meal? The New You Are Able To Times
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments