झापा शिवसताक्षीकी अम्बिकाले पाइन नयाँ जिवन : परिवारले दिए माया घरलाई धन्यवाद
- असार ६, २०८० मा प्रकाशित
झापा । ११ महिना अघि साङ्लाेमा बाधिएर कस्टकर जिवन बिताइरहेकाे अवस्थामा माया घर नेपाल इटहरीले उद्धार गरेकाे झापा शिवसताक्षी १० कि एक महिला घर फर्किएकि छिन । झापा शिव सताक्षी १० दोमुखाकी अम्बिका ढकाल उद्धार गरिएकाे ११ महिनापछि घर फर्किएकी हुन । उनलाइ २०७९ श्रावण ७ गते साङ्लोमा बाँधेर राखेकाे अवस्थामा इटहरीस्थित माया घर नेपालले उद्धार गरेकाे थियाे ।
मंगलबार शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको रोहबरमा माया घर नेपालका प्रतिनिधिहरूले अम्बिकालाई परिवारकाे जिम्मा लगाएका हुन । विगत १६ वर्ष अघिदेखि विरामी पर्दै आएकी अम्बिका गरिवीका कारण औषधी उपचार गर्द नसक्दा उनलाई परिवारले साङ्लोमा बाँधेर राखेका थिए ।
साङलाेमा बाधिएकाे तस्विर सहित बिभिन्न अनलाइन सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेपछि उनलाइ माया घर नेपाल इटहरीका प्रतिनिधिहरूले तत्काल उद्धार गरी संरक्षणमा राखेकाे थियाे । माया घरले संरक्षण संगै उपचार पछि शकुशल घर फर्काइदिएपछि परिवारमा खुशी छाएकाे छ । मैले साेचेकाे पनि थिइन यसरी नयाँ जिवन पाउछु भनेर गहभरी अाशु बनाउदै अम्बिकाले भनिन ।
छोरीको स्वास्थ्यमा सुधार भएर घर फर्किएपछि आमा खुसी भएकी छन् । माया घर नेपालका व्यवस्थापक बाबुराम सुवेदीले निरन्तरको उपचार र उनलाई माया मममता गरेका कारण नै उनको स्वास्थ्यमा सुधार भएको बताए । स्वास्थ्यमा सुधार भएसँगै घरै गएर बस्ने उनको इच्छा अनुसार ल्याएको बताए । उनका अनुसार पछिल्लो केही महिनादेखि अम्बिकाले आमा र छोरी सँग निरन्तर सम्पर्क भई रहेको थियो ।
अम्बिकाले निरन्तर औषधी खानु पर्छ, व्यवस्थापक सुवेदीले भने, नियमित खाने केही औषधी ल्याइदिएका छौ । औषधि सकिएपछि फेरी उपलब्ध गराउँछौ सुवेदिले भने ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १७, २०८१अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
-
ताजा कार्तिक १७, २०८१हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार
-
ताजा कार्तिक १७, २०८१कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
-
ताजा कार्तिक १७, २०८१नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा शुभकामना र्याली
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
Comments