रास्वपाले ७ गते साँझ देशभर घण्टी बजाउने
- असार ६, २०८० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)ले अगामी असार ७ गते साँझ देशभर घण्टी बजाउने निर्णय गरेको छ । असार ७ गते पार्टीको स्थापना दिवस भएकाले घण्टी बजाउने निर्णय गरेको हो । रास्वपाले उक्त दिन आफ्नो नयाँ पार्टी कार्यालय बालाजुमा चियापान कार्यक्रम पनि राखेको छ ।
बसुन्धारामा रहेको कार्यालय सानो भएकोले बालाजुमा आधुनिक ६ तले नयाँ भवनमा सरेको हो । उक्त घरको भाडा ६ लाख भएपनि पार्टीलाई सहयोग गर्ने उदेश्यले ३ लाख ५० हजारमा समर्थकले उपलब्ध गराएको हो । सो दिन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतालाई चियापान गर्न बोलाएका छन् ।
साथै केही कूटनीतिक नियोगका अधिकारीहरुलाई पनि निम्ता दिएका छन् । रास्वपाले सोही दिन नयाँ पार्टी कार्यालयमा औपचारिक रुपमा सरेपछि नयाँ भवनमा संसदीय दल र केन्द्रीय समितिको संयुक्त पहिलो बैठक बस्ने कार्यतालिका पनि रहेक छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
-
ताजा मंसिर ९, २०८१धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
Comments