आजदेखि साफ च्याम्पियन सुरु, कुवेतविरुद्ध इतिहास रच्ने दाउमा नेपाल
- असार ६, २०८० मा प्रकाशित
काठमाडौं । साफ च्याम्पियनसिप खेल आजबाट भारतको बैंलोरमा सुरु हुँदै छ । उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्ने छ ।आमन्त्रित २ देशसहित जम्मा ८ देशले साफ च्याम्पियनसिपको लागि प्रतिसप्रधा गर्ने छ । जसमा नेपाल ‘ए’ समुहमा रहेको छ । यसपटक साफमा दुई आमन्त्रित टोलीको आगमनले पनि प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्ने पक्का छ ।
नेपालको समुहमा भारत, कुवेत र पाकिस्तान बलियो टोली हो ।नेपालको कमजोर तयारीका कारणले समुह चरणको खेल सहज देखिँदैन । अर्को समुह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स समूह छन् । नेपाल र कुवेतको फुटबल इतिहास नेपालको पक्षमा रहेको देखिँदैन । सन् २०१९ यता पाँच खेल भएका छन् नेपाल र कुवेतबीच ।
सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेले पनि बाँकी ४ खेलमा नेपालमाथी कुवेत हाबी भएको देखिन्छ । गत वर्ष एसियन कपको छनोटमा कुवेतमा पनि कुवेतले नेपालमाथि ४(१ सानदार जित निकालेको थियो । आज हुने खेलमा पनि नेपालको कमजोर तयारी भएको कारण कुवेतलाई हराउन सजिलो हुनेछैन ।
नेपालले अहिलेसम्म माल्दिभ्समा सम्पन्न पछिल्लो संस्करणको फाइनलमा पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । नेपालले साफ खेल्नको लागि मात्र १० दिन तयार गरेको छ । तीन महिनाअघि नेपाल आइपुगेका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टी अनेसेले भने नेपाल कठिन परिस्थितीको समना गर्न तयार रहेको बताएका छन् ।
नेपाली टोलीमा गोलरक्षक, किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ,विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थाप, पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा, मणीकुमार लामा, लाकेन लिम्बु, आवास लामिछाने, आयुष घलान , नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनीष डाँगी, आशीष चौधरी , विमल घर्ती मगर लगायत रहेका छन् ।
नेपालका खेल
नेपाल भर्सेस कुवेत-असार ६९ दिउँस ३: ४५ बजे
नेपाल भर्सेस भारत-असार ९९ राति ७: ४५ बजे
नेपाल भर्सेस पाकिस्तान-असार १२ ९ दिउँस ३: ४५ बजे
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments