•  १७ कार्तिक २०८१, शनिबार
  •  3:22:55 AM

गाडी दुर्घटनामा गम्भिर घाइते भएका सुदूरपश्चिमका कानुनमन्त्रीको पनि मृत्यु

- असार ६, २०८० मा प्रकाशित



बझाङ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनमा ज्यान गएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा गम्भिर घाइते भएका सिंहको नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । 

दुर्घटनामा मन्त्री सिंह, उनकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।

Comments

सम्बन्धित खवर