निष्कर्षबिहीन टुङ्गियो पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता
- असार ५, २०८० मा प्रकाशित
इटहरी । पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता निष्कर्ष बिहीन टुंगिएको छ । चार घण्टाभन्दा बढी चलेको बैठकमा कुनै सहमती नभएपछि वार्ता छिट्टै अर्को वार्ता गर्ने सहमतिमा टुंगिएको हो ।विराटनगरको विग होटलमा आज बिहान ९ बजेदेखि सुरु भएको वार्ता दिउँसो १ बजेसम्म चलेको थियो ।
वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै दुबै पक्षले छलफल सौहार्दपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । उनीहरुले दुबै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति भएको पनि बताए ।
सरकारी वार्ता टोलीका संयोजक मन्त्री दिलकुमार मेन्याङ्बोले वार्तामा विषय प्रवेश भएको र पुनः वार्तामा बस्ने सहमति भएको बताए । आन्दोलनरत पक्षका वार्ता टोली सदस्य कुमार लिङदेनले वार्तामा विषय प्रवेश भएको र फेरि बस्ने सहमति भएको जानकारी दिए ।
कोशी नामकरणको विरुद्धमा आन्दोलनरत पक्षसँग प्रदेश सरकारले औपचारिक वार्ता आव्हान गरेर वार्तामा बसेको यो पहिलो पटक हो । ‘कोशी’ नाम खारेज गरी जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने पहिचान पक्षधरहरुले माग राख्दै आएको छ ।
प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्ष धरले पहिचानको आधारमा नाम राख्नु पर्ने माग गर्दै गत फागुनदेखि नै आन्दोलन गरिहेका छन् । आन्दोलनकारीको मुख्य माग भनेकै प्रदेश १ को पुनः नामकरण गर्नुपर्ने हो । संयुक्त संघर्ष समिति गठन गरेरै पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १७, २०८१अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
-
ताजा कार्तिक १७, २०८१हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार
-
ताजा कार्तिक १७, २०८१कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
-
ताजा कार्तिक १७, २०८१नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा शुभकामना र्याली
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
Comments