मेची राजमार्ग सुचारु गर्न हेवाखोलामा इटहरीबाट बेलिब्रिज लगिँदै
- असार ३, २०८० मा प्रकाशित
इटहरी । मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ।गएरातिदेखिको अविरल वर्षा र बाढीले बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएको थियो।लगत्तै, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो।
उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवम् प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्दारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भैसकेको र सोही कार्ययोजनाअनुसार बेलीब्रिज पठाउन लागिएको बताए।
हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको हो।विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलीबिज्र पठाउने तयारी भैरहेको जानकारी दिए। बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १७, २०८१अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
-
ताजा कार्तिक १७, २०८१हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार
-
ताजा कार्तिक १७, २०८१कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
-
ताजा कार्तिक १७, २०८१नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा शुभकामना र्याली
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
Comments