•  १७ कार्तिक २०८१, शनिबार
  •  3:17:10 AM

सङ्खुवासभामा बाढीले बगाउँदा दुइ जनाकाे मृत्यु : १७ जना सम्पर्क विहीन

- असार ३, २०८० मा प्रकाशित



इटहरी । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेकाे वर्षाले बाढि र पहिराेकाे जाेखिम संगै ठुलाे धनजनकाे क्षती पूर्याएकाे छ ।    संखुवासभाकाे  हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा दुइ जनाकाे मृत्यु भएकाे छ । मृतककाे पहिचान हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । 

  चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।

बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिए । उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको समेत सई टिकाराम राईले जानकारी दिए । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले जानकारी दिए ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।  

Comments

सम्बन्धित खवर