हाइवे सर्भे गर्न नेपाली सीमामा आएका भारतीय टोली प्रहरी नियन्त्रणमा
- असार १, २०८० मा प्रकाशित
कञ्चनपुर । हाइवेको सर्भे गर्न नेपाली सीमामा आएको भारतीय टोलीलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली सीमा नाका गड्डाचौकीमा सर्भेको सामानसहित आएको देहरादुनको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।सर्वेक्षण विभाग देहरादुनमार्फत आएको निजी कम्पनीको टोलीले गड्डाचौकीको भुजेल पुलदेखि सुकासालसम्मको भूभागमा सर्भे गर्दै गर्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले बताए ।
सर्भेका विभिन्न सामाग्रीसहित यूपी ८०जीजे३९४५ नम्बरको भारतीय गाडीमा आएका थिए । उनीहरूले नेपाललाई कुनै जानकारी नदिई हाइवेको सर्भे गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको उनको भनाई छ । नियन्त्रणमा लिएकाहरूलाई जिल्ला प्रशासन कार्यालयमा राखेर सोधपुछ गर्ने काम भइरहेको एसपी थापाले बताए ।
‘उहाँहरू किन आउनुभयो भन्ने विषयमा छलफल गरिरहेका छौँ । नापजाँच गर्ने उपकरणसहित देखिएकाले के हो भन्ने विषयमा सोधपुछ भइरहेको छ । उहाँहरूको आफ्नै खालको रहेछ’ एसपी थापाले भने । सोधपुछको क्रममा उनीहरूले इण्डियन हाईवे सर्भेका क्रममा एउटा प्वइन्ट गड्डाचौकीमा देखिएपछि सर्भेका लागि आएको प्रतिक्रिया दिएको एसपी थापाले बताए ।
‘भारतीय सर्भे विभागबाट इण्डिन नेशनल हाईवेका लागि कुनै प्राइभेट कम्पनीले ठेक्का पाएको रहेछ । त्यो कम्पनीले सर्भेका क्रममा १४ वटा प्वइन्टहरू पत्ता लगाएको छ । त्यो कम्पनीले सर्भेका क्रममा १४ वटा प्वइन्ट रहेछ । ती मध्ये एउटा गड्डाचौकीमा परेको रहेछ,’ उनीहरूको भनाई उद्धृत गर्दै एसपी थापाले भने, ‘हाइट मेन्टन गर्नका लागि उनीहरूल सर्भे गर्दै आएका रहेछ । त्यही क्रममा नेपालमा आएको बताएका छन् । त्यसका लागि नेपालसँग कुनै अनुमति लिएको देखिएन ।’
नेपालसँग समन्वय नगरी आएकाले के कस्तो हो ? भनेर सोधपुछका लागि बोलाइएको उनको भनाई छ । नियन्त्रणमा रहेकाहरूले सीमा सम्बन्धी कुनै पनि काम नगरेको प्रतिक्रिया दिएका छन् । ‘सीमासँग सम्बन्धित विषयमा काम गरेको देखिएन । त्यो देखिएको प्वइन्ट भेरिफाई गर्नको लागि आएका रहेछन् । आउँदा कुनै समन्वय नगरेको विषयमा हाम्रो आपत्ति हो । अहिले भारतीय अधिकारीहरूसँग समेत छलफल भइरहेको छ । समन्वय गरेर अगाडि बढ्छौं’ एसपी थापाले भने ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १७, २०८१अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
-
ताजा कार्तिक १७, २०८१हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार
-
ताजा कार्तिक १७, २०८१कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
-
ताजा कार्तिक १७, २०८१नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा शुभकामना र्याली
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
Comments