•  १७ कार्तिक २०८१, शनिबार
  •  1:15:24 AM

राधिका फाउन्डेसनले झापाको बाह्रदसीमा गुरुकुल भवन बनाउने , राजेन्द्र लिङदेनले गरे शिलान्यास

- जेष्ठ ३२, २०८० मा प्रकाशित



इटहरी । विभिन्न समयमा सामाजिक कामहरूमा सकृिय बढाउँदै गएको राधिका फाउन्डेसनले झापाको बाह्रदशीमा रु ६ करोडको लागत सहित भव्य गुरुकुल भवन निर्माण गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष एवम् पूर्व उप प्रधानमन्त्री राजेन्द्र लिंङ्देनले बिहीबार भवन शिलान्यास गरेसँगै निर्माण प्रक्रिया पनि अघि बढेको छ ।

सामाजिक कामहरूबाट प्राप्त दान र श्रमदानबाटै उक्त भवन निर्माण हुन लागेको हो । जग्गादाताहरूले दान गरेको १ बिगाहा जग्गामा सामुदायिक भवन सहित १० काेठे सुविधा सम्पन्न गुरुकुल भवन निर्माणकाे प्रक्रिया अघि बढेको जनाइएको छ । शिलान्यास पछि बोल्दै राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री लिङ्देनले पछिल्लो समय झापा धार्मिक एवम् पर्यटकीय नगरिको रपमा विकाश हुँदै गएको र यसलाई अझ सशक्त बनाइ पर्यटनको हब बनाइनुपर्ने बताए । गुरुकुल भवन शिलान्यास सँगै उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।असाहय, बेसाहारा र बिपन्न बर्गहरुको साहारा तथा दुर्गम ठाँउमा जन्मेर पढ्न नपाइ गरबीको रेखामुनी रहेका बालबालीका हरुलाइ शिक्षा प्रदान गरी तिनिहअरुको भविष्य सुनिश्चित गर्ने उद्धेश्यले स्थापना भएको राधिका फाउन्डेशन ले सो जग्गामा गुरुकुल भवन सँग सगै विस्तारै ई लाइब्रेरी,मेडिटेशन हल,तथा त्यही भित्रै औषधी उपचार गर्ने मेडिकल समेत बनाउने भावी योजना रहेको फाउन्डेसन कि अध्यक्ष राधिका दासीले बताईन ।

कार्यक्रम राधिका फाउन्डेसन कि अध्यक्ष राधिका दासीको सभापतित्वमा सम्पन्न भएको थियाे । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोख्रेल, बाह्रदशी गाउँपालिका ७   वडा सदस्य   पण्डित कुबेर सुवेदी , जग्गादाताहरू , श्रमदानमा खटिएका श्रद्धालु लगायत स्थानीयहरूको पनि व्यापक उपस्थिति रहेको थियाे ।

Comments

सम्बन्धित खवर