मन्त्रिपरिषदको वैठक बस्दै, वैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गर्ने तयारी
- जेष्ठ ३२, २०८० मा प्रकाशित
काठमाडौँ । केहि महत्वपूर्ण निर्णय गर्नका लागि आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । अहिले बिहान साढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंठब बस्न लागेको स्रोतले जानकारी दिएको छ ।
आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी सरकारले गरेको छ ।
‘वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ’, मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘वैरागीले अमेरिकाका लागि राजदूत बन्ने चाहना देखाएका छन् ।’ उक्त तयारीमा कुनै फेरबदल नआए अर्याल मुख्यसचिव बन्ने र वैरागी राजदूत बन्ने निश्चित रहेको भएको स्रोतको दाबी छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments