•  ९ मंसिर २०८१, आईतवार
  •  12:04:15 PM

पार्टी जोगाउन सातै प्रदेशमा रूपान्तर अभियान : प्रदेशमा संसदीय दलको नेता फेरेर भएपनि सरकार नेतृत्व गर्नुपर्छ 

- जेष्ठ ३०, २०८० मा प्रकाशित



इटहरी । नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा कांग्रेस रूपान्तर अभियानका संयोजक गुरूराज घिमिरेले कोशी प्रदेशमा कांग्रेसले चाहे सरकार गठनमा कुनै बाधा अडचन नभएको बताएका छन । सुनसरीको इटहरीमा पत्रकारहरूसंग बोल्दै नेता घिमिरेले यस्तो बताएका हुन । राप्रपा लगायत साना दलले अहिलेको संसदिय दलका नेतालाइ समर्थन गर्न नसक्ने बताइरहदा नेता घिमिरेले भने संसदीय नेताबाहेक बाहिरका सदस्यलाइ मुख्यमन्त्री बनाएर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न सकिने बताए । 

  सातवटै प्रदेशमा कांग्रेस रूपान्तर अभियान चलिरहेको बताउदै नेता घिमिरेले कोशी प्रदेशकाे इटहरीमा बुधबार हुने अभियान सम्बन्धी जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । पत्रकार भेटघाटमा बोल्दै नेता घिमिरेले रूपान्तर अभियानले पार्टी नेतृत्वलाइ खबरदारी संगै सच्चीन दबाब पुर्याउने बताए । १४ औ महाधिवेशन पछि चुनिएका पार्टिका केन्द्रिय समितिले चितत बुज्दो काम कार्वाहि नगरेको र पार्टि सुदृढिकरणमा आवाज उठाउदा पनि नसुनेको नेता घिमिरेले बताए । 

नेपाली कांग्रेस आन्तरिक गुटबन्दी र किचलोकै कारण नयाँ पार्टिले स्थान पाउदै गएको र कतपय जिल्लामा त नेतृत्व समेत गुम्दै गएको उनको धारणा थियो । अब पनि कांग्रेस नसच्चीए पार्टि सकिने उनको भनाइ छ । 

Comments

सम्बन्धित खवर