प्रचण्ड–बाबुरामविरुद्ध परेको रिटको आज सुनुवाइ
- जेष्ठ ३०, २०८० मा प्रकाशित
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज (मंगलबार) हुने भएको छ ।
पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईलाई कारबाही गर्न माग गर्दै दिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
रिटमा दुवै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बन गर्नुपर्ने समेत उनीहरुको माग छ । आफूहरूलाई अयोग्य लडाकु भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने उनीहरुको माग छ ।
सशस्त्र द्वन्द्वमा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्यायलगायतका काम कारबाही तत्काल गर्नु गराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् । उनीहरुले आफूहरूलाई प्रचण्ड र भट्टराईले ढाँटेर युद्धमा होमेर भविष्य बर्बाद गर्ने काम गरेको उल्लेख गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १७, २०८१अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
-
ताजा कार्तिक १७, २०८१हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार
-
ताजा कार्तिक १७, २०८१कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
-
ताजा कार्तिक १७, २०८१नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा शुभकामना र्याली
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
Comments