अनामनगरमा महानगरले डोजर चलाएपछि स्थानीयबीच विवाद, स्थिति तनावग्रस्त
- जेष्ठ २९, २०८० मा प्रकाशित
काठमाडौँ । काठमाडाैं महानगरले काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा डोजर चलाएपछि स्थानीयबीच विवाद भएको छ ।आज (सोमबार) काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो ।
एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त बनेको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ । अहिले महानगरपाकिलाले स्थानीयको बिरोधका बीच डोजर चलाइरहेको छ । स्थानीयहरुले भने काठमाडौं महानगरपालिकाको बिरोध गरिरहेका छन् ।
उनीहरुले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरुको तर्क छ । स्थानीयहरुले वडा कार्यालय बाहेकका अन्य कुनै पनि संरचना बनाउन महानगरपालिकालाई आफूहरुको समर्थन रहने प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले भने स्थानीयहरुको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १७, २०८१अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
-
ताजा कार्तिक १७, २०८१हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार
-
ताजा कार्तिक १७, २०८१कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
-
ताजा कार्तिक १७, २०८१नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा शुभकामना र्याली
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
Comments