स्कटल्याण्डकी पूर्व मन्त्री निकोला स्टर्जन पक्राउ
- जेष्ठ २९, २०८० मा प्रकाशित
इन्डिनबर्ग । स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तीय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘एक महिला (५२ वर्षीया) लाई शङ्कास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’ गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाइ पछि उनलाई पनि पक्राउ गरिएको हो ।
स्टर्जनका प्रवक्ताले पुष्टि गरे कि उनी आइतबार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन् । प्रवक्ताका अनुसार निकोला स्टर्जनले आइतबार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो । उनलाई अपरेसन ब्रांचफार्मको सम्बन्धमा सोधपुछ गरिएको थियो । एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments