•  ८ मंसिर २०८१, शनिबार
  •  5:32:22 PM

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

- जेष्ठ २७, २०८० मा प्रकाशित



जाजरकोट । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका– १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन् ।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।

Comments

सम्बन्धित खवर