उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
- जेष्ठ १४, २०८० मा प्रकाशित
काठमाडाैं । गौर हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै पीडित परिवारले आज (आइतबार) सर्वाेच्च अदालतमा मुद्दा हाल्दै छन्। उक्त हत्याकाण्डमा मारिएका रौतहट बौद्धिमाई नगरपालिका–८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागरदेवीले आफूसमेत पीडित परिवारका पाँच जनाले न्यायको माग गर्दै आज सर्वाेच्च अदालतमा निवेदन दिन लागिएको जानकारी दिइन्।
‘आज १७ वर्ष भइसक्यो, हामीले न्याय पाउन सकेनौँ’, आइतबार बिहान उनले भनिन्, ‘३/४ चोटि आन्दोलन गर्यौँ, अनशन बस्यौैँ, प्रचण्डजीलाई ३/४ चोटि भेट्यौँ, ओलीजी प्रधानमन्त्री हुँदा पनि कुरा राख्यौं, तर अहिलेसम्म न्याय पाएनौँ, त्यसैले आज सर्वाेच्चमा मुद्दा हाल्दै छौँ।’
तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसहित घटनाका ‘दोषी’विरुद्ध कारबाहीको माग गरी सर्वाेच्चमा मुद्दा हाल्न लागिएको रूपसागरदेवीले बताइन्। त्यसो त हाल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवदेखि पूर्वसभासद बबन सिंहसम्म १ सय १३ जनाविरूद्ध राैतहट प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ। जसलाई प्रहरीले फरारको सूचीमा राखेको छ। ‘तर अहिलेसम्म कारबाही भएन, उपेन्द्र यादव खुला रूपमा हिँडिरहेका छन्’, रूपसागरदेवीले दुखेसो गरिन्।
रूपसागरदेवीका अनुसार मुद्दा हाल्न विभिन्न जिल्लाबाट चारजना पीडित काठमाडौं आएका छन्। उनीसमेत पाँचजनाले आज सर्वाेच्चमा निवेदन दिने भएका हुन्। रूपसागरदेवी भने पहिलेदेखि काठमाडौंमै बसिरहेकी छन्।२०६३ चैत ७ गते रौतहटको गौर नगरपालिकास्थित राइस मिल मैदानमा एकै स्थानमा तत्कालीन नेकपा माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो। जसमा परी २७ जना वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो भने ५३ जना गम्भीर घाइते भएका थिए।
मृतकमध्ये रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक जना छन्।झडपमा मारिएका २७ जनाका परिवारले राज्यबाट १० लाख रुपैयाँका दरले राहत पाए पनि न्याय भने अहिलेसम्म कसैले पाएका छैनन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments