दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
- जेष्ठ १३, २०८० मा प्रकाशित
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवा सुविधा पाएका छन् । सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि स्थानीयवासीले सेवा सुविधा पाएका हुन् ।
यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपालिकाबाट खटिएको टोलीले घरमै पुुगेर विभिन्न सेवा प्रदान गरेको हो । यस वर्ष पहिलो पटक घरदैलो स्वास्थ्य सेवा र तरकारी किट स्थानीयवासीले पाएका छन् । गाउँपालिकाले यस वर्ष घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख धनराज ढकालले बताए । गाउँपालिका केन्द्रबाट एक दिन पैदल हिँडेर स्वास्थ्यकर्मीको टोलीले मासपुुर पुुगेर स्वास्थ्य सेवा प्रदान गरेको प्रमुख ढकालले बताए ।
गाउँमा एक सय ५६ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण निःशुल्क रूपमा गरिएको हो । गाउँगाउँमा पुगेर सेवा प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ । त्यसैगरी, बिरामीको स्वास्थ्य परीक्षण गर्दा औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि १२ जनाको औलो रोगको नमूना सङ्कलन गरिएको ढकालले बताए । सम्भावित औलो हुनसक्ने देखिएपछि नमुना सङ्कलन गर्ने कार्य भएको र त्यसलाई ल्याब परीक्षण गरिने बताए ।
गाउँपालिकामा बर्सेनि औलोका बिरामी देखिँदै आएका छन् । मासपुरवासीको घरदैलो स्वास्थ्य परीक्षण अभियानका क्रममा औलो रोगको नमुना सङ्कलन गरिएको हो । स्वास्थ्य शाखाले औषधि छर्कने र झूल वितरण गर्ने काम गर्दै आएको छ ।
त्यसैगरी, मासपुरका २० घरधुरीलाई तरकारी किट पनि वितरण गरिएको छ । दुुई दिनसम्म सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीले छाउपडी, छुवाछूत, बालविवाह, बहुुविवाह, बोक्सी प्रथाविरुद्ध पनि जनचेतना फैलाइएको थियो । मासपुुरमा सरकारी तवरबाट एउटा स्वास्थ्य संस्था र विद्यालयमात्र स्थापना भएका छन् । हालसम्म मालपोत कार्यालयमा लालपुर्जा भए पनि स्थानीयवासीको हातमा परेको छैन ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments