•  ९ मंसिर २०८१, आईतवार
  •  2:34:25 PM

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका परिवार नै अनुसन्धानमा

- जेष्ठ ९, २०८० मा प्रकाशित



काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकारदेखि श्रीमतीसम्म अनुसन्धानमा तानिएका छन् । तर, बादल र उनकी पत्नीको हकमा भने तत्काल प्रमाण जुट्न सकेन । प्रमाण भेटिएको वेला उनीहरूविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । राईका छोरा नीरज र बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, उनीहरू दुवै फरार छन् । प्रतीकले टंगालस्थित नीलगिरि थकाली रेस्टुरेन्टलाई अखडा बनाएर पैसा उठाएको पक्राउ परेका बिचौलियाको बयान छ ।

बादलपत्नी नैनकला थापालाई पनि मन्त्रीनिवासमै गएर पैसा बुझाएको उनीहरूको दाबी छ । त्यस विषयमा ‘आमाले पैसा पाउनुभयो’ भनेर प्रतीकले एसएमएस नै पठाएको भन्नेसम्मको अनुसन्धानमा खुलेको छ । बादललाई पनि भेटेको, तर प्रत्यक्ष पैसा नदिएको र उनी आफूहरूसँग धेरै नबोलेको अभियुक्तहरूको बयान छ । 

Comments

सम्बन्धित खवर