तुम्लिङटार बिमानस्थलमा परिक्षण गरेकाे एक वर्ष पछि बल्ल पुग्याे बिमान : बुद्ध एयरको एटीआर–७२ ले नियमित उडान गर्ने
- जेष्ठ २, २०८० मा प्रकाशित
संखुवासभा । नेपालकै सबैभन्दा गहिरो अरुण उत्पत्यकामा रहेको तुम्लिङटार विमानस्थलमा आज (मंगलबार) देखि ७० यात्रु क्षमता भएको फ्रेन्च–इटालियन विमान एटीआर–७२ ले काठमाडौंबाट सिधा उडान सुरु गरेको छ ।बुद्ध एयरको एटीआर–७२ विमानले परीक्षण उडान सफल भएको झण्डै एक वर्षपछि तुम्लिङटारमा ठूलो एटीआर विमानबाट व्यावसायिक उडान सुरु गरेको तुम्लिङटार विमानस्थल प्रमुख भानु कोइरालाले बताए ।
‘सातामा ५ दिन ७० यात्रु क्षमताको एटीआर र २ दिन ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानबाट व्यावसायिक उडान हुनेछ,’ विमानस्थल प्रमुख कोइरालाले भने ।टर्बोप्रोप ट्वीन इन्जिनयुक्त एटीआर छोटो दूरीमा पर्ने क्षेत्रीय सहरहरु जोड्ने विमान हो । नेपालमा पोखरा र सुर्खेतपछि यो विमानले मध्यपहाडको खोचमा पर्ने तेस्रो गन्तव्य तुम्लिङटारमा व्यावसायिक उडान थालेको छ ।२०२९ सालदेखि उडान शुरु भएको तुम्लिङटारमा १९ देखि ५० सिट क्षमताका विमानले उडान गर्थे । यो विमानस्थल समुन्द्र सतहबाट १३ सय १६ फिट उचाइमा पर्छ ।
काठमाडौंबाट ३५ मिनेटको हवाई दूरीमा रहेको यो विमानस्थलको धावनमार्गको लम्बाई १४ सय २० मिटर रहेको छ । तापक्रम वृद्धि हुँदा यहाँ ठूलो एटीआरलाई ‘लोड–रेस्ट्रीकसन’ लाग्ने भनिएको छ । यसो हुँदा तुम्लिङटार–काठमाडौं उडानमा यात्रुको केही संख्या घटाउनु पर्ने हुन्छ ।सशस्त्र द्वन्द्वपछि विराटनगर र काठमाडौंबाट हुने उडान रोकिएका थिए । द्वन्द्व सकिएपछि बुद्धले १९ सिटको बिचक्राफ्ट विमानबाट तुम्लिङटारमा उडान थालेको थियो । यात्रुको चाप बढ्दै गएपछि उसले ४७ सिटको एटीआर–४२ बाट उडान गरेको थियो ।
कोभिड महामारीपछि मकालु हिमाल आरोहण जाने पर्यटक तथा व्यवसायी र स्थानीयको चाप बढेपछि बुद्धले गत वर्ष जेठ २१ मा पहिलो पटक ठूलो जहाजबाट परीक्षण उडान गरेको थियो । उक्त उडानको प्रतिवेदनपछि नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटारमा एटीआर–७२ लाई पनि उडान अनुमति दिएको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments