तीन नेपालीसहित ६ जना सगरमाथाको चुचुरोमा : पासाङ दावाले बनाए अर्काे कीर्तिमान
- बैशाख ३१, २०८० मा प्रकाशित
सोलुखुम्बु । तीन नेपालीसहित ६ जनाले सगरमाथाको आरोहण गरेका छन् । आज बिहान पौने ९ बजे तीन नेपाली र तीन विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् । पहिलो आरोहणबाट नेपाली आरोही पासाङदावाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ पाङबोचेका पासाङदावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेका हुन् । त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बु पासाङल्हामु–५ थामेका पासाङतेम्बा शेर्पा र त्यही गाउँका आङङिमा शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।
यस्तै पहिलो आरोहणबाटै पाकिस्तानी नागरिक माइली तानी, अमेरिकन महिला आरोही जेसिका र हङ्गेरीका मटन टि सेर्सले पनि सगरमाथाको आरोहण गरेका छन् । यो वसन्त ऋतुको पहिलो सफल आरोहण हो । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण हिजोदेखि सुरु भएको थियो ।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । अहिले आधार शिविरभन्दा माथि सयौँको संख्यामा आरोहीहरु चुचुरोतर्फ लागेका छन् । आरोहणको ७० वर्षे इतिहासमा पहिलो पटक सगरमाथामा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए ।
वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
Comments