•  १६ कार्तिक २०८१, शुक्रबार
  •  2:11:17 PM

नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

- बैशाख ३१, २०८० मा प्रकाशित



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । शेर्पालाई प्रहरीले खोजिरहेको छ । शेर्पा अहिले मोबाइल फोन स्विच अफ गरेर सम्पर्क विहीन बनेका छन् ।

Comments

सम्बन्धित खवर