•  ८ मंसिर २०८१, शनिबार
  •  11:28:32 PM

इनरुवामा सर्पको डसाइबाट नाबालिकाको मृत्यु

- बैशाख ३१, २०८० मा प्रकाशित



इनरूवा । सर्पको टोकाइबाट एक नाबालिकाको मृत्यु भएको छ ।सुनसरीको ईनरुवा नगरपालिका–८ डुम्राहामा सर्पको टोकाइ १० महिनाकी नाबालिकाको मृत्यु भएको हो । 

शुक्रबार राति साढे १० बजेतिर दिनेश उरावको १० महिनाकी छोरीलाई घरको आँगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो । 

सर्पले टोकेर घाइते भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर