इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी
- बैशाख ३०, २०८० मा प्रकाशित
इटहरी । बन कायार्लयले चालक सहित सवारी साधन नियन्त्रणमा लिएको घटनालाइ मुख्य बिषय बनाउदै इटहरी उपमहानगरले शनीबार आपतकालिन कार्यपालिका बैठक सम्पन्न गरेको छ । उपमहानगरको कार्यवाहक मेयर दिवश पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बन कार्यालयको नियन्त्रणमा रहेका सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरिएको छ ।
सम्बन्धित निकाय संग समन्वय नै नगरी नियम बिपरित नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै जिल्ला बन कार्यालय सुनसरीले शुक्रबार ५ जना चालक सहित ५ वटा टिपर नियन्त्रणमा लिएको थियो । सोहि विषयमा केन्द्रित भइ उपमहानगरले शनीबार बिहान आपतकालिन बैठक डाकेको हो ।
बैठकमा कार्यापालिका सदस्यहरूले घटनाको घोर भत्सर्ना गर्दै बन कार्यालयले नियन्त्रणमा लिएको सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरेका छन । बैठकमा कार्यवाहक मेयर दिवश पोख्रेलले आफ्नो क्षेत्रको खोलाबाट गिटि , बालुवा निकाल्ने यस अघिनै कार्यपालिकाबाट पास गरी नियम पुर्वक काम गरिरहेको बेला बन कार्यालयबाट धर पक्कड भएको बताए ।
उनले डुबान क्षेत्रबाट जनताले माग गरे बमोजिम वडाहरूमा बिकास निर्माणको कामकालागि आवस्यकिय गिटी बालुवा निकाल्ने काम गरिरहदा बन कार्यालय तगारो बनेको पनि बताए ।
बैठकमा कार्यपालिका सदस्यहरू माधव कोइराला , तारादेवि ढकाल , प्रभात आचार्य , भिमा तुम्हाम्फे , भुवन पोख्रेल लगायत अन्यले बन कार्यालयको निन्दा गर्दै नियनत्रणमा रहेका चालक र सवारी यथाशिघ्र छाडन माग गरेका छन । २४ घण्टा भित्र माग सम्बोधन नभए उपमहानगर मात्र नभइ सिंगो नगरवासी बन कार्यालय बिरूद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन । घटनाबारे कोशी प्रदेश सरकार , संघिय सरकार र मातहतका कार्यालयहरूमा पनि जानकारी गराइसकेको तर कतैबाट कुनै सुनुवाइ नै नभएको कार्यपालिका सदस्यहरूले बताएका छन ।
यता खोला उत्खनन तत्काल रोक्न पटक पटक अनुरोध गर्दा पनि उपमहानगरले अटेर गरेपछि प्रसाशनको सहयोगमा ट्रिपर र चालकलाइ नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय सुनसरीका अधिकृत धर्मनाथ शाहले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments