पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति
- बैशाख २७, २०८० मा प्रकाशित
काठमाडाैं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न चार दिन म्याद थप गरिएको छ।बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।
महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको हो।
खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा ५ घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो। त्यसपछि अदालत लगेको हो।खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments