•  १६ कार्तिक २०८१, शुक्रबार
  •  10:18:36 AM

एमालेले झापामा बोलाएको बैठक बैशाख २८ गते काठमाडौंमै बस्ने

- बैशाख २४, २०८० मा प्रकाशित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २८ वैशाखमा झापामा बोलाएको केन्द्रीय कमिटी बैठक अब काठमाडौंमा बस्ने भएको छ । यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको हो ।

संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन् । ४ मंसिरको आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो ।

उक्त बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुने नेताहरुले बताएका छन् । केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालयको र मंगलबार सचिवालयको बैठक बोलाइएको छ । ‘झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक विशेष कारणवश वैशाख २८ देखि ३० सम्म काठमाडौंमा सरेको छ,’ उनले भने ।

Comments

सम्बन्धित खवर