सरकारमा सहभागिताबारे रास्वपाले आज निर्णय गर्दै
- बैशाख २२, २०८० मा प्रकाशित
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने / नहुने भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज (शुक्रबार) निर्णय लिने भएको छ ।आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने जनाइएको छ ।
रास्वपा प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् ।
गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरिरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बुधबार भक्तपुरको बालकोट निवास पुगेका छन् । अपरान्ह झण्डै पौने घण्टा भएको भेटवार्तामा अध्यक्ष ओलीले रविलाई मिलेर जान प्रस्ताव राखेका थिए ।
त्यसअघि एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित दोस्रो तहका नेताहरुले पनि रास्वपाका नेताहरुलाई मिलेर अघि बढ्न आग्रह गरेका थिए । वैशाख १० को उपचुनावमा चितवन २ र तनहुँ १ रास्वपाले जितेपछि एमाले उक्त पार्टीसँग नजिकिन खोजिरहेको छ । किनकी रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिइराखेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments