रविजीलाई रोजेकै मन्त्रालय दिन अहिले सहज छैन : प्रधानमन्त्री
- बैशाख १८, २०८० मा प्रकाशित
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन अहिले सजिलो नरहेको बताएका छन् ।
चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अहिले रवि लामिछानेले रोजेको मन्त्रालय दिन नसक्ने स्पष्ट पारेका हुन् ।
‘उहाँले स्वभावैले पहिलाको मन्त्रालय खोज्नु अस्वभाविक चाहिँ होइन । मलाई लाग्दैन उहाँ त्यसमै अडिग हुनु हुन्छ । तर अहिले उहाँले रोजेकै मन्त्रालय दिने अवस्था छैन । मैले यता गठबन्धनमा पनि सल्लाह गर्नुपर्छ । हामी सल्लाह गरेर टुंगो लगाउँछौँ । रोजेकै मन्त्रालय दिने भन्ने कुरा त्यति सहज छैन,’ प्रधानमन्त्रीले भने ।
लामिछानेले यही मन्त्रालय चाहिन्छ भनेर दाबी नगरेको पनि प्रचण्डले बताए । उनले मन्त्रालय नपाएकै खण्डमा रास्वपाले सरकारको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरे ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments