बारामा दुईटा मतपत्रसहित जसपा नेता यादव पक्राउ
- बैशाख १०, २०८० मा प्रकाशित
बारा । मतपेटिकामा दुई वटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्बर २ को देवताल गाउँपालिका–७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव छन् । उनी देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समितिको सदस्य रहेको बताइएको छ । स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोज्दा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
प्रहरीले जसपा नेता यादवलाई पक्राउ गरेपछि सो पार्टीका स्थानीय नेता कार्यकर्ता पनि लफडा गर्न खोजेका थिए । तर, तत्कालै थप सुरक्षाकर्मी सो मतदान केन्द्रमा पुगेपछि मतदानमा अवरोध नभएको बुझिएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments