किरात राई बान्तावा नुमिहाङ समाजकाे तेस्रो राष्ट्रिय भेला : नेत्र नुमिहाङकाे अध्यक्षमा नयाँ समिती चयन
- बैशाख ४, २०८० मा प्रकाशित
इटहरी । किरात राई बान्तावा नुमिहाङ समाजको गत शनिबार तेस्रो राष्ट्रिय भेला बृहतरूपमा सम्पन्न भएको छ। रामधुनी १० बोटे सिमसार क्षेत्रमा सम्पन्न कार्यक्रममा राष्ट्र अन्तरास्ट्रियका बिशिस्ट ब्यतिहरुको उपस्थिति रहेको थियो।
किरात राई बान्तावा नुमिहाङ समाजका अध्यक्ष राजकुमार नुमिहाङ बान्तावा राईको सभापतित्व तथा किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमिती अध्यक्ष ज्ञान किराती (काम्दुङ) को प्रमुख आतिथ्यमा सम्पन्न तेश्राे राष्ट्रिय भेलाले नेत्र नुमिहाङ बान्तावा राईकाे अध्यक्षतामा नयाँ कार्य समिती समेत चयन गरेकाे छ ।
भेलाले उपाध्यक्षमा लालबहादुर नुमिहाङ बानावा राई,सचिब= राज नुमिहाङ बान्तावा राई, सहसचिब = सरन नुमिहाङ बान्तावा राई,कोषाध्यक्ष = मेलिना लिम्बू राई,सह कोषाध्यक्ष = सुसिला राईलाइ चयन गरिएकाे छ । त्यस्तै सदस्यहरूमा इन्द्र नुमिहाङ बान्तावा राई,राम प्रसाद नुमिहाङ बान्तावा राई,जितेन्द्र नुमिहाङ बान्तावा राई,धन नुमिहाङ बान्तावा राई ,चेतमान नुमिहाङ बान्तावा राई चयन भएका छन ।
भेलाबाट चयन गरिएका नयाँ कार्यसमितीका पदाधिकारीहरूलाइ कार्यक्रमका प्रमुख अतिथी ज्ञान किरातीले बधाइ एवम सफल कार्यकालकाे सुभकामना प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी किरातीले संघीयता हुनेखाने बर्गको नभई पिछडिएको बर्ग र जातीको लागि र लोपोन्मुख भाषा संस्कृतिको लागि पनि आवस्यकता पर्ने बताउनु भयो। प्रदेश एक सरकारले गरेकाे नामाकरण पहिचान बिराेधी भएकाेले तत्काल सच्याउनुपर्ने उनकाे तर्क छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments