दयाहाङकाे ‘जारी’पनि पाइरेसी भएपछि निर्माताले दिए उजुरी
- बैशाख ४, २०८० मा प्रकाशित
काठमाडाै । बैशाख १ गतेदेखि प्रदशर्नमा आएकाे फिल्म ‘जारी’ पाइरेसी भएको छ । अहिले सिनेमा हलमा प्रदेशन भइरहेको फिल्म जारी टिकटक, युटयुब लगायत सामाजिक सञ्जालमा पाइरेसी भएको हो ।
सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै फिल्मका निर्माता मणिराम पोखरेलले आइतबार पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् ।
यसअघि पनि बासुरी फिल्मसकै ब्यानरमा निर्माण भएको फिल्म ‘कब्बडी ४’ पाइरेसीको सिकार बनेको थियो । पछि प्रहरीको तदारुकतामा पाइरेसी गरिएका एकाउन्टबाट ती दृश्य हटाइएको थियो । पछिल्लो समय सामाजिक सञ्जालबाट हुने फिल्म पाइरेसी निर्मातालाई हैरानीको विषय बनिरहेको छ ।
दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्मले दुई दिनमा आक्रामक व्यापार गर्दै ४ करोड २० लाख बढी कलेक्सन गरिसकेको छ । आज पनि हलमा दर्शकको चाप उस्तै छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments