•  ९ मंसिर २०८१, आईतवार
  •  6:43:27 PM

आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा आज एनपी साउदले शपथ लिँदै

- बैशाख ३, २०८० मा प्रकाशित



काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । सांसद साउद आज (आइतबार) परराष्ट्रमन्त्री नियुक्त हुने र पद तथा गोपनीयताको शपथ हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आठौं पटक सरकार विस्तार गर्न लागेका हुन् । अहिले अन्य मन्त्रीहरुको भने टुङ्गो नभएको जनाइएको छ ।

साउदको शपथका लागि दिउँसो ३ बजेको समय निर्धारण गरिएको स्रोतको भनाइ छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रसहित ६ मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए ।

आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।

Comments

सम्बन्धित खवर