कोशी प्रदेश समन्वय परिषद् गठन
- बैशाख १, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश समन्वय परिषद् गठन गरेका छन् । प्रदेश र स्थानीय सरकारकारको काममा सहजीकरण र समन्वय तथा बजेट कार्यान्वयनको लागि गठन भएको परिषद्मा स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख रहने व्यवस्था अनुसार कार्कीले मनोनित गरेका हुन् ।
मुख्यमन्त्रीको अध्यक्षतामा रहने परिषदमा आन्तरिक मामिला तथा कानून मन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री पदेन सदस्य रहन्छन् । परिषद्ले प्रदेश सरकारको नीति निर्माणमा आवश्यक सुझाव दिने गर्दछ भने स्थानीय तहमा भएका नीतिगत समस्या समाधानको पहलसमेत गर्नेछ । मुख्यमन्त्री कार्की परिषदमा ३ जना नगरप्रमुख, ३ जना उपप्रमुख, ४ जना गाउँपालिका अध्यक्ष, ३ जना उपाध्यक्ष र एक जना जिल्ला समन्वय समितिका प्रमुखलाई मनोनित गरेका छन् ।
परिषद्मा नगरपालिको प्रमुखमध्येबाट इलाम नगरपालिकाका मेयर केदार थापा, दमक नगरपालिकाका मेयर राम थापा र षडानन्द नगरपालिका भोजपुरका प्रमुख सुरेन्द्रकुमार उदास मनोनित भएका छन् । यस्तै गाउँपालिका अध्यक्षमध्येबाट पाथीभरा याङ्वरक गाविस ताप्लेजुङका अध्यक्ष केशरकुमार सुब्बा, मिक्लाजुंग गाउँपालिका पाँचथरका अध्यक्ष अमरराज माखिम, थुलुंग दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई र छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तवीर लिम्बू परिषदमा मनोनित भएका छन् ।
परिषद्को सदस्यमा उपमेयरहरुमध्ये विराटनगर महानगरका उपमेयर शिल्पा कार्की, इटहरी उपमहानगरका उपमेयर सङ्गीता चौधरी र धर्मदेवी नगरपालिकाका उपमेयर तारा महत चुनिएका छन् । यस्तै छथर जोरपाटी गाउँपालिका धनकुटाका उपाध्यक्ष गीता खेवा, केपिलासगढी गाउँपालिका खोटाङका उपाध्यक्ष गुरुराम राई र लिखु गाउँपालिका ओखलढुङ्गाका उपाध्यक्ष अस्मिता थापा पनि परिषद्मा छानिएका छन् । यस्तै जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष गौरबहादुर विश्वकर्मालाई पनि परिषदमा मनोनित गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments