•  ८ मंसिर २०८१, शनिबार
  •  5:16:34 AM

माया घर निर्माणको लागि ‘एक इटा अभियान’

- चैत्र ३०, २०७९ मा प्रकाशित



तारा भट्राई
इटहरी । इटहरीमा रहेको माया घर नेपालले भवन निर्माणको लागि एक इटा अभियान शुरु गरेको छ । सडक मानव तथा मानसिक रोगीहरुको उद्धार, संरक्षण र पुर्नस्थापना गर्दै आएको सो संस्थामा भवन अभाव भए पछि ‘एक इटा’ अभियानको साहारा लिइएको संस्थाकी सचिव शुभद्रा प्याकुरेलले बताइन् । उनका अनुसार हाल संस्थामा एक सय ५० जना भन्दा बढीले आश्रय लिइरहेका छन् । दैनिक आउने र पुर्नस्थापना हुने भएकाले आश्रित लाई व्यवस्थापन गर्न कठिनाई हुने गरेको संस्थाले जनाएको छ ।

इटहरी २ आयुर्वेदिक टोलमा करिव ६ करोड रुपैयाँको लागतमा सुविधा सम्वन्न भवन बनाउने योजना रहेको व्यवस्थाक बाबुराम सुवेदीले बताए । ‘त्यस मध्ये पहिलो तलाको काम एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ’ व्यवस्थापक सुवेदी भने ‘ त्यसको लागि एक इटा अभियान अन्तरगत सबैलाई जोड्ने प्रयास गरिएको हो ।’ सो भवन निर्माणको लागि कोशी प्रदेश सरकारले वीस लाख रुपैयाँ विनियोजन गरेको छ । थप रकमको लागि एक इटा अभियान कार्यक्रम अघि सारिएको संस्थाले जनाएको छ । एक तला भवन सम्पन्न गर्न दुई करोड तीस लाख रुपैयाँ लाग्ने प्राविधिकको रिपोर्टमा उल्लेख छ ।मानसिक रोगी तथा हिंसा पिडितहरुलाई उद्धार तथा संरक्षण गर्दै आएको माया घरमा सुत्नको लागि
भवन अभाव छ ।

लाइन्स क्लवले यस अघि टिनको छानो भएको दुई वटा भवन बनाएका छन् । त्यस बाहेक संस्थाले एक भवन बनाएको छ । आश्रितलाई पर्याप्त सुत्ने व्यवस्था नभएकोले सुविधा सम्पन्न भवन बनाउने योजना बनाइएको संस्थाकी अध्यक्ष राधिका दासीले बताइन् । २०७४ साल पुसमा पुराण लगाएर यो संस्थाले औपचारिक सेवा दिन थालेको हो । त्यस अघिनै संस्थामा आवद्ध इटहरीका केही महिलाहरुले सडक मानव उद्धार गर्न थालेका थिए । उद्धार गरिएका सडक मानवलाई व्यवस्थापन गर्ने ठाउँ नहुँदा इटहरी २ मा जग्गा खोजी गरी व्यवस्थापनको काम थालिएको संस्थाकी सचिव व्याकुरेलले बताइन् । स्थानीयवासीको अग्रसरतामा संस्थाले करिव ७ कठ्ठा जमिन आफ्नो बनाएको छ । त्यस मध्ये अधिकाङ्श जमिन दाताबाटै प्राप्त भएको संस्थाले जनाएको छ ।
सो भवनमा कम्पाउण्ड गर्ने कामको लागि प्रदेश सरकारको सहयोगमा भएको व्यवस्थापक सुवेदीेले बताए । दैनिक व्यवस्थापन र शौचाायल निर्माणमा पनि प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सहयोग गरेको छ । स्थानीय केही पालिकाले दैनिक व्यवस्थापन बापत केही रकम छुट्याउन थालेका छन् ।

सडकबाट उद्धार गरे पछि तातो खाना र न्यानो मायाको छहारी पाइसके पछि, सुरक्षित आवास पनि पाउनु पर्छ ,भन्ने उद्धेश्य राख्दै मायाघर नेपालले सुविधासम्पन्न भवन निर्माणको लागि “एक इट्टा’’ अभियानको सुरुवात गरेको हो ।
सडकमा आकाशको छानो र धर्तीको ओछ्यान बनाएर रात कटाउन पनि पदैैैन ।,, संस्थाका व्यबस्थापक बाबुराम सुबेदीले भने ‘ सुविधा सम्पन्न भवन बने पछि थप सहजता हुने छ । दिनानु दिन आश्रित हरुको संख्या बढ्दै गएकाले बसाई व्यबस्थापनमा अहिले कठिनाई हुने गरेको संस्थाले जनाएकोछ । संस्थाको योजना अनुसार सुविधा सम्पन्न भवन सम्पनन गर्न करिव छ करोड रुपैयाँ लागत लाग्छ । एक इटा अभियान अर्तरगत पहिलो चरणमा एक तला भवन निर्माण गर्ने संस्थाको योजना छ । सो भवनको सिलान्यास गत माघ १७ गते तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरेकी थिइन् । बेसाहाहरुको साहारामा “मेरो पनि एक इट्टा’’भन्दै मायाघर अनुगमनमा आउने केही मानिसहरुले एक इट्टा (बराबरको रु २३ )दान गरिसक्नु भएको छ । मायाघर नेपालले आश्रित मानवहरुको गाँस,बास,र कपासका लागी स्थानिय देखी केन्द्रसम्मका सरकारी कार्यालय सम्म “एक इट्टा’’ अभियानमा सहभागि हुन आग्रह गर्ने संस्थाकी कोषाध्यक्ष लक्ष्मी गौतमले बताइन् ।
सडकमा हिड्ने बटुवादेखि प्रहरी प्रशासन र स्थानीय पालिकाले समेत सडक मानवहरुलाई माया घरको जिम्मा लगाउने गरेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख माधव काफ्लेका अनुसार माया घर नेपालका कारण सडक मानव व्व्यवस्थापन गर्न धेरै सहजता भएको बताए । ‘माया घर नेपालसँग सहकार्य गरे पछि धेरै नै सहज भएको छ’ डिएसपी काफ्ले भने ‘माया घर नेपालको काम पनि प्रभावकारी छ ।’

Comments

सम्बन्धित खवर