सगरमाथा आरोहणमा गएका तीन गाइडको हिम पहिरोमा परेर मृत्यु
- चैत्र २९, २०७९ मा प्रकाशित
काठमाडौं । हिमपहिरोमा परेर सगरमाथा आरोहणमा गएका तीन जना गाइडको ज्यान गएको छ । आज (बुधबार) बिहान गएको हिमपहिरोमा परेर खुम्बु पासाङ गाउँपालिका–५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पारिता शेर्पा र बादुरे शेर्पाको मृत्यु भएको हो ।
क्याम्प–१ तर्फ जानेक्रममा पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरो जाँदा उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ । मृतकको शव निकाल्न प्रयास गरिए पनि नसकिएको बताइएको छ । शव निकाल्न सिम्रिक हेलिकप्टर सो क्षेत्रमा पुगेको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments